परिचय
हामी याम्फू र हाम्रो याम्फू समुदाय इतिहासको जटिल मोडमा छौं । बर्षौं देखि लादिएको केन्द्रीकृत एकात्मक तथा सामन्ती राज्यसत्ताले हामीलाई भाषा , संसकृति तथा परम्परा बिहीन बनाउदै आएको छ । किनकी कुनै पनि जातिको भाषा , धर्म तथा संसकृति उक्त्त जतिको पहिचानका आधारहरु हुन् । हिजोको एक भाषे (खस) र एक धर्म (हिन्दु) नीतिको कारण याम्फू भाषा तथा संसकृति मात्र होइन नेपालमा रहका आदिवासीहरु बिबिध भाह्सा तथा संस्कृति लोप हुने खतरामा छ । बि.स. २०५८ सालमा सांस्शिकृतिक , भाषिक तथा धार्मिक बिबिधताको संरक्षण गर्न आदिवासी जनजाति उल्थान राष्ट्रिय प्रतिष्ठान ऐन आए पनि उही पुरानै ढर्राबाट चल्ने चलाउने परिपाटीले गर्दा देशमा रहेका यी भाषिक , धार्मिक तथा सांस्कृतिक सम्पतिहरुको संरक्षणमा बाधा पुगिरहेको कुरा कसैबाट लुकेको छैन । जातीय , भाषिक , धार्मिक तथा सांस्कृतिक अधिकार प्राप्ति र तिनीहरुको संरक्षण र सम्बर्द्धनको निमित्त सम्बन्धित समुदायका मानिसहरु आफै जागरुक नभए उक्त समुदायको पहिचान लोप भएर जाने कुरा निश्चित छ ।बिशेषत अठारौं शताब्दीमा निर्मित कथित आधुनिक नेपाल राज्यले नेपालका आदिबासी जनजातिहरुलाई संस्थागत रुपबाटै सांस्कृतिक , भाषिक , धार्मिक सामाजिक . अन्याय , अत्याचार , शोषण , दमन , उत्पिडन , उपेक्षा र अपहेलना गर्दै आएको छ । यतिमात्र नभएर तथाकथिक तात्कालिन राज्यसत्ताबाट समग्र नपालको आदिबासी जनजातिहरुको भूस्वामित्व हरण गरेको तथ्य जगजाहेर छ । नेपाली समाजको बिशेषता बहुजातीय , बहुभाषीक , बहुधार्मिक र राज्य संरचनाको विभिन्न निकाय र तहहरुमा राज्यको नीति निर्माण , नीति निर्णय र नीति कार्यान्वयनको प्रक्रियाहरूमा नेपालका आदिबासी जनजातिहरु समाहित हुन् सकेको छैनन् । जसको फलस्वरूप देशको स्रोत साधन र सामाजिक आर्थिक अवसरहरुबाट आदिबासी जनजातिहरु बन्चित बनाएका छन् ।तसर्थ नेपालका आदिबासी जनजातिहरुले खेप्नु परेको दमन तथा उत्पिडनको बिरुद्ध नेपालका आदिबासी जनजातिहरुले धेरै पहिला देखि संगठित तथा असंगठितरुपमा संघर्ष गर्दै आएका छन् । यसै सन्दर्भमा आफ्नो भाषा , धर्म , संस्कृति र इतिहास लोप हुदै गइरहेको अवस्थामा तिनीहरुको संरक्षण र सम्बर्द्धन गर्न तथा आफ्नो मौलिक पहिचानको अधिकार खोज्न " याम्फू किरात भाषा , धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं ।" भन्ने मूल नाराकासाथ २०६० साल भाद्र २५ गते ललितपुर जिल्ला प्रशासन कार्यालयमा बिधिबत दर्ता भई याम्फू किरात समाजको स्थापना भएको हो ।
को हुन् याम्फू
याम्फूहरु आफूलाई याख्खाबा भन्दछन र याम्फू भाषालाई याख्खाबा खाप भनिन्छ । याम्फूहरुको ऐतिहासिक थातथलो संखुवासभा जिल्लाको उत्तरपूर्वी भूभागलाई मानिन्छ । बिहान बेलुकी आफ्नो पूर्वजहरुको सम्झना गर्दै माङ्सुकमा धुप हाली सुख , शान्ति र सु-स्वास्थ्यको लागि प्रार्थना गर्ने यो जातिको मुख्य चाड युमाङ/इक्साम्माङ हो । प्रकृतिपूजक यो जातिको आफ्नै सांस्कृतिक संस्कार , परम्परा , चालचलन तथा रीतिरिवाजहरु छन् । विवाह , युमाङ घरपैचो तथा अन्य प्रमुख अवसरहरुमा नाचिने यो जातिको मुख्य नाचलाई कलाङ/ गेलाङ( ढोलनाच ) भनिन्छ । यो जातिको मुख्य थलो संखुवासभा भएता पनि मानव जीविका चलाउने शिलशिलामा यो जाति बसाईसराई गर्दै हाल धनकुटा , मोरङ , सुनसरी , झापा , इलाम , काठमाडौं जिल्लाको विभिन्न ठाउंहरुमा बसोबास गरिरहेका छन् ।
उद्धेश्यहरु :-
- याम्फू किरात जातिको भाषा , लिपि रितिरिवाज , धर्म , संस्कृति तथा ऐतिहासिक स्थल , सम्पदाको सर्वेक्षण , अनुसन्धान , संरक्षण र सम्बद्धन गर्ने ।
- याम्फू किरात जातिको उल्थान र विकासको लागि प्रयासरत रहने ।
- नेपाल भित्र तथा नेपाल बाहिर विभिन्न पेशा ततः व्यवसाय गरी बसोबास गर्ने याम्फू किरातीहरुलाई क्रमिक रुपमा संस्थागत रुपले संगठित गरी एकताबद्ध गराउन प्रयासरत रहने ।
- याम्फू किरात जातिमा जनचेतना अभिवृद्धि गराउदै समान उद्धेश्य भएका अन्य सरकार वा गैर सरकारी संघ संस्था बीचमा आपसी समन्वय गरी सहयोग आदान प्रदान गर्ने ।
- याम्फू जातिको विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले प्रत्याभूत गरेका नैसर्गिक अधिकारहरुको प्राप्तिको लागि संघर्षरत रहने ।
- याम्फू जातिको प्रतिनिधित्व , स्वतन्त्र अग्रिम सुचना सहितको परामर्शको वैधानिक सिद्धान्तको सुनिश्चित गर्न संघर्षरत रहने ।
- याम्फू जातिको ऐतिहासिक सामूहिक तथा सांस्कृतिक भूमिको सरक्षण गर्ने

The King Casino Hotel | Jamul Casino & Spa
ReplyDeleteThe wooricasinos.info King Casino Hotel is https://septcasino.com/review/merit-casino/ set 1 mile https://jancasino.com/review/merit-casino/ south of Jamul Casino, 1 MPRC Blvd, ventureberg.com/ Jamul, Georgia. View map. This casino offers a variety of poormansguidetocasinogambling gaming options including slots,